तपाईँ सुन्दै हुनुहुन्छः

‘भासिएको कमला पुलको निर्माण दुई सातामा शुरु हुन्छ’

जनकपुरधाम । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कमला नदीमा भाँसिएको पुलको पुनर्निर्माण दुई सातामा शुरु हुने बताउनुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले २० महिनाअघि कमला नदीमा धनुषा र सिराहालाई जोड्ने उद्घाटन नहुँदै भासिएको पुलको स्थलगत निरीक्षण गर्नुहुँदै दुई सातामा पुलको निर्माण कार्य अघि बढाइने प्रतिबद्धता गर्नुभयो ।

हुलाकी सडक अन्तर्गत कमला नदीमा बनेको पुल उद्घाटन नहुँदै भासिएपछि सर्वसाधारणलाई आउजाउमा निक्कै समस्या हुने गरेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाम आवतजावतका लागि पनि सिरहा तथा सप्तरी जिल्लाका जनता लामो दुरी प्रयोग गर्न बाध्य छन् ।

पप्पु लुम्बिनी जेभीले २४ करोडको लागतमा ठेक्का पाएर बनाएको पुलको दुई वटा पिल्ला सिरहा तर्फबाट भाँसिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button