बरेवादेखि मटिअर्वासम्मको विद्युत् प्रसारण र वितरण प्रणाली सुदृढ बनाइँदै
बारा । ग्रामीण क्षेत्रको विद्युत् प्रसारण र वितरण प्रणालीलाई सुदृढीकरण गर्ने उद्देश्यले बाराको बरेवादेखि मटिअर्वासम्म ११ के.भिको लाइनको पोल र तार जडान भइरहेको छ ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग(एस.एस.ई.सि.) विद्युत् प्रसारण र वितरण प्रणाली सुदृढीकरण परियोजना (पि..टि.डि.एस.एस.पी) को करिब १ करोड ५० लाखको आर्थिक सहयोगमा काम भइरहेको बारा उद्योग वाणिज्य संघका कार्यालय सचिव विष्णुप्रसाद साहले जानकारी दिनुभयो ।
कलैया उपमहानगरपालिकाको अगुवाइ र बारा उद्योग वाणिज्य संघ कलैयाको समन्वयमा विद्युत् प्रसारण र वितरण प्रणालीलाई सुदृढीकरण गर्ने कार्य भइरहेको हो ।

कलैया उपमहानगरपालिकाको बरेवादेखि मटिअर्वासम्म करिब १२ कि.मि. ११ के.भिको लाइनको पोल तार जडान गर्नुपर्ने कार्यतालिका रहेको छ । दुई वर्षभित्र पोल तार जडान गर्नुपर्ने कार्यतालिका भए पनि कार्य बिना अवरोध निरन्तर सञ्चालन भए करिब ३/४ महिनामै सकिने अनुमान बारा उद्योग वाणिज्य संघका कार्यालय सचिव साहको छ ।
मधेश प्रदेशको बारा लगायत आठ वटै जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत् प्रसारण र वितरण प्रणालीलाई सुदृढीकरण गर्ने अभियान परियोजनाले चलाइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्