गुलरिया नगरपालिकाद्वारा सशस्त्र प्रहरीलाई विओपी हस्तान्तरण
बर्दिया । बर्दियाको गुलरीया नगरपालिकाले सशस्त्र प्रहरी बल बर्दियाका लागी ४३ लाख ५० हजार भन्दा बढी लागतमा तयार गरिएको विओपी निर्माण गरि सहयोग गरेको छ । नगरप्रमुख मुक्तिनाथ यादवले नवनिर्मित विओपी तथा सहयोगी संरचना हस्तान्तरण गर्नुभयो ।
गुलरीया नगरपालिका बाट सीमा सुरक्षाका निम्ती सशस्त्र प्रहरी बल नेपाल ३१ नं. हेड क्वाटर अन्तरगत पर्ने नेपाल बोर्डर आउट पोष्ट कटटी गाँउमा निर्मित भौतिक संरचनाहरू नगरप्रमुख यादवले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक विदुर खडकालाई हस्तान्तरण गर्नु भएको हो ।

करिब २५ लाखमा निर्मित ६ कोठाको टिनले छाएको पक्की भवन, गोल घर सँगै कार्यालय व्यवस्थापनको लागि आवश्यक पर्ने कुर्ची टेबल, सोलार स्ट्रेट लाइट ,वाइफाइ इन्टरनेट, पानीको व्यवस्थापन, मुल गेट निर्माण, स्मारक ,गाडी ग्यारेज लगायत गरी करिब ४३ लाख ५० हजार बढीको सहयोग हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख मुक्तिनाथ यादवले आउने दिनमा तत्काल कार्यालय प्रमुख बस्ने नयाँ पक्की भवन बनाउनका लागी आफूले पहल गर्ने बताउनु भयो । जनप्रतिनिधि सहित नागरिकको सुरक्षामा खटिएका प्रहरीलाई पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत यादवले जनाउनुभयो ।

बर्दियामा रहेका सम्पुर्ण सीमा सुरक्षा पोष्टले सीमाको सुरक्षा, नाकामा हुने अवाञ्छित गतिविधि, चोरी पैठारी, मानव बेचबिखन लगायतका क्षेत्रमा विओपीले महत्त्वपूर्ण भूमिका खेल्ने सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक विदुर खडकाले बताउनु भयो । सुरक्षाकर्मीका लागी विओपी निर्माण पश्चात् सुरक्षाबलमा थप टेवा पुग्ने भन्दै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले अब दिनमा सुरक्षाकर्मीहरूले आफ्नो कार्य कुशलताको प्रदर्शन गर्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्