तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर सदरमुकाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

भोजपुर । भोजपुर सदरमुकाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड, १ नम्बर प्रदेश विराटनगरको सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

सदरमुकाममा रहेको विद्योदय माविको खेल मैदानमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डबाट छनौट भएकाहरूको सहभागितामा जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख ग्यालजेन शेर्पाले जानकारी दिनुभयो । प्रतियोगिताको भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, रामप्रसाद राई गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिका र हतुवागढी गाउँपालिकाका विद्यालयबाट आएका खेलाडीहरू सहभागी छन् ।

सो क्रममा भोजपुरबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका उत्कृष्ट खेलाडीहरूलाई नगदसहित सम्मान पत्रबाट सम्मानित गरिएको छ । नगर प्रमुख आले र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले खेलाडीहरूलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button