महायज्ञबाट साढे ४ करोड रुपैयाँ र ३७ कठ्ठा जग्गा सङ्कलन

बारा । महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिर अगाडि आयोजना गरिएको श्रीमद भागवत सप्ताह एवम् श्री गढीमाइ धार्मिक महोत्सव विधिवत् रुपमा आज एक कार्यक्रम गरि समापन भएको छ ।
फागुन २ गते देखि शुरुवात भएको सो भागवत श्री गढीमाई बहुमुखी क्याम्पसका लागि जग्गा खरिद तथा भवन निर्माण गर्न उद्देश्यका साथ आयोजना गरिएको क्याम्पसका अध्यक्ष विजय स्वर्णकारले जानकारी दिनुभयो ।
यज्ञमा अहिले सम्म विभिन्न दाताहरूले ३७ कठा जग्गा दान गरेका छन् भने तुलादान, चन्दा सहयोग, गरि करिब साढे ४ करोड रुपैयाँ समेत सङ्कलन भएको भवन निर्माण तथा जग्गा खरिद व्यवस्थापन समितिले जनाएको छ । तराई मधेसको जिल्लाहरूमा सम्भवतः पहिलो पल्ट यस्तो भव्य एवम् सभ्य रुपमा महायज्ञ सञ्चालन भएको हो । सबैभन्दा बढी राष्ट्रिय सभाका पूर्व सदस्य रमेश यादवले २५ लाख ६२ हजार दान गर्नुभएको छ भने जिल्ला समन्वय समिति बाराका संयोजक नरेन्द्र साहले रु २५ लाख, गढीमाई मन्दिर विकास तथा सञ्चालन समितिका अध्यक्ष रामचन्द्र साहले २१ लाख, महागढीमाई नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मनोज साह कानुले १२ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ,राजेन्द्र कुसवाहा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ, जयमंगल कुसवाहा ५ लाख ५५ हजार, रामबाबु यादव ५ लाख ५१ हजार, नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले ५१ हजार, नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति बिजयशंकर यादवले १ लाख ५१ हजार र भारत बिहार बस्ने साई सुईटसका मालिक सुदेश गुप्ताले ५ लाख ५५ हजार, नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवले ५ लाख ५१ हजार, वडा नम्बर ७ का वडाअध्यक्ष शिवेन्द्र प्रताप सिंहले १ लाख १ हजार, महागढीमाई नगरपालिका वडा नम्बर २ निवासी मदन मली डोम र उनकी श्रीमती रेखा मली डोम ३१ हजार १ सय ११, भाइ मनोज मली डोम बुहारी सुनिता मली डोम ५ हजार १ सय ५ रुपैयाँ तुला दान गरेका भागवत सप्ताह तथा गढीमाई धार्मिक महोत्सवका अर्थ कमिटी सदस्य दिपप्रकाश गुप्ताले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएको नेपाली काँग्रेस मधेस प्रदेशका अध्यक्ष एवम् मधेस प्रदेशको नेपाली काँग्रेसको संसदीय दलका नेता कृष्ण यादवले क्याम्पसका लागि जग्गा खरिद एवम् निर्माण गर्नका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो समापन कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सांसद एवम् नेपाली काँग्रेसका रौतहट जिल्ला सभापति जितेन्द्र यादव, जिल्ला समन्वय समिति बाराका संयोजक नरेन्द्र साह, बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवाल, गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह लगायतको आफ्नो बिचार व्यक्त गर्नुभएको थियो । तुला दान गर्नुभएका ५ सय १५ जनालाई दोसल्ला सहित कदर पत्रबाट मेयर यादवले सम्मान गर्नुभएको थियो ।
,








प्रतिक्रिया राख्नुहोस्