तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको चयन : मन्त्री किराती

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उहाँले राष्ट्रिय सहमतिको बाटोमा मुलुक अगाडी बढिरहेकाले सहमतिकै आधारमा राष्ट्रपतिको निर्वाचन हुने बताउनुभयो । कुनै दल विशेषभन्दा पनि जुन व्यक्तिको नाममा राष्ट्रिय सहमति जुट्छ त्यही व्यक्ति राष्ट्रपति बन्न सक्ने उहाँको भनाई थियो । 

उहाँले राष्ट्रपति एकताको प्रतीक भएको र संविधानको मुल भावना पनि त्यही हो भन्नुहुँदै सहमतिको विकल्प नभएको बताउनुभयो । 

उहाँले अहिलेको सरकार पाँच वर्षसम्म चल्ने उल्लेख गर्नुहुँदै अहिलेको सत्ता गठबन्धनमा कुनै विवाद नरहेको बताउनुभयो । 

मन्त्री किरातीले नेपालको विमानस्थलहरू पूर्ण रुपमा सञ्चालन गर्नका लागि  आफूले कार्ययोजना बनाएको उल्लेख गर्नुहुँदै अर्बौँ रुपैयाँ खर्चेर   बनाइएका संरचनाहरू त्यतिकै राख्न नमिल्ने बताउनुभयो । नेपाल वायुसेवा निगम नाफामा लैजान जहाजहरू दैनिक १५ घण्टा सञ्चालन हुनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button