तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय गाउँहरुमा लामो समय पछि हिउँ पर्यो, पर्यटकहरूको चहलपहल बढ्यो 

कास्की I कास्कीको पर्यटकीय गाउँहरूमा लामो समय पछि हिउँ पर्न थालेको छ । 

 ताङतिङको शिरमा रहेको क्रपु डाँडामा गत वर्षभन्दा डेढ महिनापछि हिउँ परेको हाे । आइतबार दिउँसो क्रपु डाँडा र पर्यटकीय गाउँ सिक्लेस क्षेत्रमा हिउँ परेको हो।

पोखराबाट एक दिनमै पुग्न सकिने क्रपु डाँडामा हिउँ परेपछि हिउँमा रमाउन आन्तरिक पर्यटक पुग्नेगर्दछन। हिउँ परे पछि पर्यटकहरूको चहलपहल बढेको छ ।  

क्रपु डाँडा क्षेत्रमा बाक्लो लालीगुराँसको जङ्गल छ। चैत वैशाखमा विभिन्न थरीका लालीगुराँससँगै सेता हिमालको अवलोकन गर्न यहाँ पर्यटक लोभिन्छन्। सडकको पहुँचका कारण एकै दिनमा क्रपु डाँडा पुगेर हिउँ खेलेर पोखरा फर्कन सकिने भएकोले पोखरेली मात्र होइन छिमेकी जिल्ला, तनहुँ, पर्वत, स्याङ्जा, लमजुङ, काठमाडौँलगायतबाट पनि पर्यटक आउने गर्दछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button