तपाईँ सुन्दै हुनुहुन्छः

आज दिउँसो साढे १ बजेसम्म बैंक खुला हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) दिउँसो साढे १ बजेसम्मका लागि बैंक खोल्न निर्देशन दिएको छ ।

सरकारले (फागुन १) सार्वजनिक बिदा दिएको भए पनि १० बजेदेखि दिउँसो १ः३० बैंकहरु खोल्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यसबारे गृह मन्त्रालयले सूचना समेत जारी गरिसकेको छ ।

‘जनयुद्ध दिवस’का अवसरमा सरकारले सार्वजनिक बिदाको निर्णय लिए पनि राष्ट्र बैंकले नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button