तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको एक डसना पसलमा आगलागी 

सल्यान । सल्यानको बागचौर नगरपालिका–२ बागचौरमा आगलागी हुँदा सिरक डसना बनाउने पसल पूर्णरुपमा नष्ट भएको छ । 

आज दिउँसो वनमा लागेको आगो बस्तीमा छिर्दा सिरक डसना बनाउने पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

पसलमा लागेको आगो नियन्त्रणमा आएको र क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । 

आगलागीबाट मानवीय क्षति नभएपनि पसलभित्र रहेका सम्पूर्ण सिरक डसना जलेर नष्ट भएको उहाँको भनाई छ । 

पसल नजिकै रहेको खरबारीबाट एक्कासी आगलागी भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button