कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज समुहबीच छलफल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका र जापानीज समुहबीच कृषिमा जापानीज प्रविधि भित्राउन र जापानीज सीप अबलम्वन गर्न छलफल भएको छ ।
धुलिखेल नगरपालिकाले कृषिमा आधुनिकीकरण गर्न अबको एक महिनाभित्र जापानीज साझेदारी सम्बन्धी सम्झौता गरिने नगरप्रमुख अशोककुमार ब्यान्जु श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले भएको छलफल अनुसार किसानलाई ६ महिना जापानीज भाषा समेत सिकाइनेछ । जापानका विभिन्न १० ओटा कृषि उद्योग र होम केयर कम्पनीहरूमा धुलिखेलका किसानलाई रोजगार दिने गरी सम्झौता गरिने बताइएको छ ।
भाषा, सीप र प्रविधिको तालिम किसानलाई दिएर त्यसपछि किसानको सीप परिक्षण गरि पास हुने किसानहरूलाई जापानका विभिन्न कृषि उद्योग र होम केयर कम्पनीहरूमा काम गर्न जान पाउने पनि बताइएको छ ।
जापानीज कम्पनीले धुलिखेल नगरपालिकाका किसानलाई कृषि सम्बन्धी तालिम दिने र जापानीज प्रविधि सिकाउने काम गर्नेछ ।
नगर प्रमुख ब्याञ्जुले जापानमा निश्चित समय बसेर फर्केपछि नेपालमा कृषि पेशा गर्न चाहने किसानलाई कृषि प्रविधिहरू सहयोग गरिने बताउनुभएको छ ।
उहाँले यस प्रकारको सम्झौताले धुलिखेल नगरपालिकाको कृषि प्रणालीमा थप आधुनिकीकरण हुने विश्वास समेत ब्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्