तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकमको सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनु आवश्यक छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै नेपाल टेलिकमले प्रदान गर्ने सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ । 

नेपाल टेलिकमको १९ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा  आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिको विकास, उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले सरकारको स्वामित्वमा रहेको संस्थाले सरकारको सोच र लक्ष्यलाई पुरा गर्ने गरी मुलुकका सुगमदेखि दुर्गमसम्म नाफारहित सेवा उपलब्ध गराउने 

मन्त्री शर्माले विगतका सरकारले अघि सारेको घरघरमा इन्टरनेट र हातहातमा मोबाइल भन्ने नाराले सार्थकता पाएको भन्दै आगामी दिनमा आफ्नै भू–उपग्रह स्थापना गरी सेवा दिने लक्ष्य लिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरि राखी टेलिकमले आफ्नो दायित्व पुरा गर्दै सेवालाई निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । 

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका सचिव डा. अर्यालले टेलिकमले प्रतिस्पर्धी बजारमा आफ्नो दरिलो उपस्थिति जनाउँदै गुणस्तरीय सेवा सुलभ दरमा देशभर पु¥याउनुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।

कार्यक्रममा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमका सेवालाई प्रभावकारी बनाउन कमी कमजोरीमा सुधार गर्दै अगाडी बढ्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button