तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा फेरी दुई जना बालबालिकामा दादुरा देखियो

टीकापुर कैलाली । कैलालीमा फेरी दुई जना बालबालिकामा दादुरा पुष्टि भएको छ । 

धनगढी उप–महानगरपालिका वडा नम्बर १ का दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो । 

दुई साताअघि नै लक्षण देखिएकाले नमुना जाँचका लागि काठमाडौँ पटाइए पनि आज मात्र पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो । 

बालबालिकामा दादुरा देखिएपछि अन्यमा सर्न नदिनका लागि उपमहानगरपालिकाले खोप अभियान सुरु गरिसकेको समेत धामीले बताउनुभयो । 

वडा नम्बर १ का तीन स्थानमा खोप केन्द्र राखेर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रूवेला खोप लगाउन थालिएको छ ।

यसअघि, कैलालीमा धनगढी, गोदावरी र गौरीगङ्गा नगरपालिकामा गरी ६ जना बालबालिकामा दादुरा देखापरेको थियो । 

गौरीगङ्गामा दादुरा देखापरेका स्थानमा खोप अभियान सञ्चालन भइसकेको छ भने गोदावरी नगरपालिकामा पनि आउँदो शुक्रबारदेखि खोप अभियान सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button