तपाईँ सुन्दै हुनुहुन्छः

राजदूत अधिकारी र  पाकिस्तानका कानून राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका कानून तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानसँग भेटवार्ता गर्नु भएको छ ।

राज्यमन्त्री अवानको इस्लामावादस्थित कार्यकक्षमा बुधबार  भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुमधुर बनाउने उपायबारे छलफल भएको पाकिस्तान स्थित नेपाली दूतावासले जनाएको छ 

भेटमा दुई देशबीचको संसदीय सहकार्यबारे पनि छलफल भएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button