राष्ट्रिय सरोकार समिति : अन्तर प्रदेश समन्वयका लागि भएका संरचनाहरूले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड

काठमाडौँ । राज्य संरचनाको तीनै तहबीच हुने अन्तर समन्वय र सम्बन्धका विषयमा भएका असल अभ्यासहरूको कार्यान्वयन र प्रचार गर्ने तथा कमी कमजोरी सच्याएर अघि बढ्नु पर्ने निष्कर्ष राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निकालेको छ ।
समितिको आज बसेको बैठकमा संघ, प्रदेश र स्थानीय तहबिच राजनैतिक, वित्तीय, प्रशासनिक र संरचनागत सम्बन्ध समन्वय र सहकार्य गर्ने संरचना संविधान र कानुनमा भएर पनि त्यसको अभ्यास प्रभावकारी रुपमा हुन नसक्दा समस्या सिर्जना भइरहेको सांसदहरुले बताउनुभयो ।

राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले अन्तर प्रदेश समन्वयका लागि भएका संरचनाहरूले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।
सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक समेत रहनु भएका देवकोटाले संघ प्रदेश र स्थानीय तहलाई समन्वय गर्न संविधान र कानुनमा नै विभिन्न संरचना रहेको र ती संरचनाले प्रभावकारी भूमिका खेल्नु पर्ने औँल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्