अफगानिस्तानको फराहरुद जिल्लाका ७० प्रतिशत बासिन्दासँग राष्ट्रिय परिचयपत्र छैन
काबुल, अफगानिस्तान । अफगानिस्तानको पश्चिम प्रान्त फराहमा स्थानीय अधिकारीहरुले फराहरुद जिल्लाका कम्तीमा ७० प्रतिशत बासिन्दासँग राष्ट्रिय परिचयपत्र नभएको अफगानिस्तानको समाचार समिति टोलो जनाएको छ ।
३० प्रतिशत बासिन्दासँग परिचयपत्र भएको फराहरुद जिल्ला गभर्नर मोहम्मद सादिकले टोलो समाचारलाई उद्धृत गर्दै जानकारी दिनुभएको छ ।
फराहरुदमा कम्तीमा १४ हजार मानिसले परिचयपत्र लिएका छन् भने बाँकी ७० हजारले राष्ट्रिय कागजात पाउन बाँकी रहेको राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरण फराहको तथ्याङ्कले देखाएको छ ।रासस/एएनआई








प्रतिक्रिया राख्नुहोस्