डोटीमा भिरबाट लडेर युवतीको मृत्यु
डोटी । डोटीमा २१ वर्षीया युवतीको भिरबाट लडेर मृत्यु भएको छ। घाँस काट्न जाने क्रममा भिरबाट लडेर शिखर नगरपालिका–१ की २१ वर्षीया अमिशा शाहीको मृत्यु भएको हो।
बुधबार दिउँसो घर नजिकै घाँस काट्न जाने क्रममा भिरबाट लडेर अमिशाको मृत्यु भएको स्थानीय नबराज भट्टले जानकारी दिनुभयो ।
मृतक अमिशा कैलालीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिइन्। जाडो बिदामा उनी डोटी घर गएकी थिइन् ।








प्रतिक्रिया राख्नुहोस्