तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीकाे मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त हुनुभएको छ ।

२५ सांसदको हस्ताक्षरसहित उहाँले आजै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुभएको थियो । लगत्तै प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ (२) बमोजिम उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

कर्णालीमा कुनै दलको स्पष्ट नहुँदा चार दलको सर्मथनमा माओवादी केन्द्रका नेता शर्माले मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो । उहाँलाई माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी एक र राप्रपाका एक गरी २५ सांसदले समर्थन गर्नुभएको हो ।

माआवादी पोलिटब्युरो सदस्य शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित हुनु भएको थियो । कर्णालीमा एमाले र माओवादीबीच आलोपालो मुख्यमन्त्री हुने सहमति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button