‘राष्ट्रिय सहमतिका साथ सहकार्यको बाटोबाट अघि बढ्नुपर्छ’
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका साथ सहमति र सहकार्यको बाटोबाट अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले आफूले राष्ट्रिय सहमतिको सरकार गठनका कुरा भने भनि नहालेको स्पष्ट गर्नुभयो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले निर्वाचनका समयमा आम नागरिकसँग गरेको बाचा पूरा गर्न अविचलित रूपमा निरन्तर काम गर्ने बताउनुभयो ।
उहाँले जनमतका आधारमा सरकार बनेकाले अब धेरै राजनीतिक लडाइँ गर्ने नभई न्यूनतम साझा कार्यक्रम बनाएर सरकारले काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दलले देश र जनताप्रतिको जिम्मेवारी पूरा गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले विगतमा सदन विघटन भएको पक्षलाई गहन विश्लेषण गरेर मात्र अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले सदनमा सबै राजनीतिक दलले मुलुकका समस्या समाधान गर्नुपर्छ भन्ने प्रतिबद्धता गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्