तपाईँ सुन्दै हुनुहुन्छः

संसद्मा नयाँ दलको प्रतिनिधित्व हुनु आशाको केन्द्र हो  : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसद्मा नयाँ दलको प्रतिनिधित्व हुनु निराशाको नभई नयाँ आशाको केन्द्र भएको बताउनुभयो ।

प्रतिनिधिसभाको अधिवेशन प्रारम्भको अवसरमा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले आफूले सरकारमा गएर जनताको आवश्यकतालाई प्राथमिकताका साथ उठाउँदै भ्रष्ट्राचार नियन्त्रणमा कटिबद्ध भएर लाग्ने उल्लेख गर्नुभयो ।

उहाँले सरकारका कामकारबाहीलाई पारदर्शी बनाई जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सरकारको साझा न्यूनतम कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button