तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा बस दुर्घटना हुँदा मृत्यु भएका टीकापुरका तीनै जनाको सनाखत

File Photo

टीकापुर, कैलाली । भारतमा बस दुर्घटना हुँदा मृत्यु भएका टीकापुरका तिनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा टीकापुरको व्यवसाय क्षेत्रका ५५ वर्षीय चन्द्र साउँद, ज्योतिनगरका ४५ वर्षीय ललित साउँद र टीकापुरकै २० वर्षीया निर्मला बोहरा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

भारतको गुजरातबाट टीकापुरतर्फ आइरहेको बस गएराति लखनउ र कानपुरको बीच उन्नाउमा दुर्घटना भएको थियो । दुर्घटनामा परी बस चालक भारतीय नागरिकको पनि मृत्यु भएको छ । अन्य केही व्यक्ति घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीका अनुसार टीकापुरकै ३५ वर्षीय हरि साउँदको अवस्था गम्भीर र कञ्चनपुरका २५ वर्षीय दिपक सुनारको अवस्था मध्यम रहेको छ । अन्य ७ जनाको अवस्था सामान्य रहेको बुझिएको छ । 

भारतमा केही दिनयता लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कमजोर भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button