तीन महिलाको हत्या गर्ने भारतीय दम्पती पक्राउ
अर्घाखाँची । अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन जना महिलाको हत्या गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।
शृङ्खलाबद्ध रुपमा वृद्धा तथा एकल महिलाहरूको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले शृङ्खलाबद्ध रुपमा गत १७ गते अर्घाखाँचीको शीतगंगा नगरपालिका १० बहखोरकी ६० वर्षीया राधा थापा, गएको कार्त्तिकमा गुल्मीको इस्मा गाउँपालिका ५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका ४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द प्रसाद रिजालले बताउनुभयो ।
हत्या श्रीमतीसँग मिलेर गरेको सुशान्तले बताएपछि निजकी श्रीमती शीतगंगा नगरपालिका १० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू दुवैलाई कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरी प्रमुख रिजालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्