प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश, ६० सांसदको समर्थन

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष नेता कार्कीले प्रदेशसभामा रहेका कांग्रेस र एकीकृत समाजवादीबाहेक अरू सबै दलका ६० जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।
प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गर्नुभएको छ ।
संविधानको धारा १६८ उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले आज साँझ ५ः०० बजे सम्मको समय सीमा दिनुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्