तपाईँ सुन्दै हुनुहुन्छः

लोकतान्त्रिक समाजवादी पार्टीको बैठक सुरु

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । 

पार्टीको केन्द्रिय कार्यालय बबरमहल काठमाडौँमा केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको लोसपाले जनाएको छ ।

बैठकमा मधेस प्रदेश संसदीय दलबाट विधान पारित गरेर अनुमोदनका लागि केन्द्रिय कार्यसमितिमा पठाएकोले छलफल हुने, केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म सङ्गठन विस्तार र सुदृढीकरणका लागि छलफल हुने र समसामयिक राजनीति लगायतका विषयमा केन्द्रिय कार्यकारिणी समितिमा छलफल हुने लोसपा मधेस प्रदेशका अध्यक्ष तथा कार्यकारिणी समितिका सदस्य जितेन्द्र सोनलले बताउनुभयो ।

बैठकमा लोसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सरदशिह भण्डारी लगायतका नेताहरूको सहभागिता छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button