तपाईँ सुन्दै हुनुहुन्छः

५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन 

काठमाडौँ  । बैङ्क तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ ।

नेपाल राष्ट्र बैङ्कको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैङ्क तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो । 

पुस १९ सम्म वाणिज्य बैङ्क विकास बैङ्क र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको हो । 

गत मङ्सिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार वाणिज्य बैङ्कमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ । 

पुस २० गतेसम्म बैङ्क तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैङ्क तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ । 

बैङ्कमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैङ्क सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ । रासस

(((

प्रतिक्रिया राख्नुहोस्

Back to top button