तपाईँ सुन्दै हुनुहुन्छः

चिसोले कठ्याङ्ग्रिएर सप्तरीमा एक जनाको मृत्यु

राजबिराज । चिसोले कठ्याङ्ग्रिएर सप्तरीमा  एक जनाको मृत्यु भएको छ। 

चिसोले कठ्याङ्ग्रिएर तिलाठी कोइलाडी गाउँपालिका– ४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको हो।

राति खाना खाएर सुतेका उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएको सप्तरी  प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो  । 

तराईका जिल्लामा एक साताअघिदेखि अत्यधिक चिसो बढेको छ। चिसोले सप्तरी तराई मधेसका जिल्लाहरूमा जनजीवन कष्टकर बन्दै गइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button