दुहबीमा पाँच सय ज्येष्ठ नागरिक, एकल महिलाहरूलाई फाइबर सिरक वितरण

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले आफ्ना १२ वटा वडामा गरि पाँच सय विपन्न, ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई बढ्दो जाडोबाट बच्नका लागि फाइबर सिरक वितरण गरेको छ ।
केही दिनयता बढेको चिसो, शीतलहर र जाडोलाई मध्य नजर गरि विपन्न, ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई फाइबर सिरक वितरण गरेको नगर उपप्रमुख मेनुका खतिवडाले जानकारी दिनुभयो ।
खतिवडाका अनुसार वडाको माग र आवश्यकता अनुसार दुहबी नगरपालिकाको वडा नम्बर १ देखी १२ सम्मका सबै वडामा फाइबर सिरक वितरण गरिएको हो । प्रत्येक वडामा कममा ३५ जना र बढीमा ५० जानलाई फाइबर सिरक वितरण गरेको खतिवडाले जानकारी दिनुभयो ।

उता दुहबी वडा नम्बर ८ ले पनि वडाका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति र एकल महिलाहरूलाई जाडोबाट बच्नका लागि फाइबर सिरक वितरण वडा अध्यक्ष तारिकचन्द सरदारले जानकारी दिनुभयो ।
वडामा जनप्रतिनिधि आएपछि जाडोमा न्यानोका लागि ज्येष्ठ नागरिकहरूलाई न्याय र सम्मान गर्न तथा उनीहरूको मनोबल उच्च राख्न सिरक वितरण गरेको वडा सदस्य इन्दिरा देवी निरौलाले बताउनुभयो ।
यसै गरि वडा नम्बर ६ ले वडाका ज्येष्ठ नागरिक, अपाङ्ग, विधवा र एकल महिलाहरूलाई जाडोको लागि न्यानो सिरक वितरण गरेको छ ।
दुहबी ६ का वडा अध्यक्ष घनश्याम हलुवाई तथा वडा सदस्यहरुले आज ज्येष्ठ नागरिक, अपाङ्ग, र एकल महिलाहरूलाई सिरक वितरण गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्