तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीसमक्ष नेपालका लागि श्रीलङ्काका राजदूतको बिदाई भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले बिदाई भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच शिष्टाचार बिदाई भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

भेटमा नेपाल र श्रीलङ्काबीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button