तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा सर्वरको समस्या समाधान भएपछि आज देखि राहदानीको काम शुरु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले गर्दै आएको राहदानीको काम आज देखि पुनः सुचारु भएको छ ।  

राहदानीको सर्वरमा समस्या आएकाले पुस १७ गते देखिको राहदानी सम्बन्धी सम्पूर्ण कामकाज रोकिएकोमा सर्वरको समस्या समाधान भएकाले आजैको मितिबाट राहदानी सम्बन्धी सम्पूर्ण कामकाज सुचारु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा ठूलो सङ्ख्यामा युवाहरू गएका कारणले दुई दिनसम्म सर्वरमा समस्या आउँदा धेरै युवाहरू मारमा परेका थिए । जिल्ला प्रशासन कार्यालय धनुषाबाट दैनिक रुपमा ८० देखि १ सय राहदानीको काम हुने गरेको छ । राहदानी सम्बन्धी कामका लागि टोकन लगाउनु पर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले गरेपछि अनावश्यक भिडको नियन्त्रण भएको छ । 

धनुषा जिल्लाबाट खाडी मुलुकमा करिब ४० हजारको सङ्ख्यामा युवाहरू रोजगारीका लागि गएको अनुमान गरिइएको छ । सबैभन्दा बढी साउदी अरब, मलेसिया तथा कतारमा बढी गएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button