तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा 

रोल्पा । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन हुनुभएको छ ।

रोल्पा १ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित माओवादी स्थायी समिति सदस्य महरा लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा चयन हुनुभएको हो । 

आज बसेको माओवादीबाट निर्वाचित नौ जना प्रदेशसभा सदस्यहरूको बैठकले महरालाई संसदीय दलको नेताको सर्वसम्मत चयन गरेको हो । 

लुम्बिनी प्रदेशको संसदीय दलको  बैठकमा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी. नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल लगायत उपस्थिति हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button