जसपाको राजनीतिक समितिको बैठक सुरु
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को राजनीतिक समितिको बैठक ललितपुरको ज्यापु समाज भवनमा सुरु भएको छ ।
भोलिसम्म चल्ने बैठकमा गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको समीक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, विकसित राजनीतिक घटनाक्रम र सरकारमा सहभागी हुने नहुने विषयमा छलफल केन्द्रित हुने जनता समाजवादी पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्