तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वखोला गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु

पाल्पा । पूर्वी पाल्पाको पूर्वखोला गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु भएको छ । 

ज्येष्ठ नागरिकहरूको समस्या बुझ्ने, सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण लगायतका कामको लागि अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।

युवाहरू अध्ययन तथा पेशा व्यवसायको लागी गाउँघर छोड्ने दर बढेकाले यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । 

ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम पूर्वखोला गाउँपालिकाको आयोजनामा पूर्वखोला गाउँपालिका ४ देव नगरबाट शुभारम्भ भएको छ । 

यो कार्यक्रम सबै वडाहरूमा क्रमशः लागु हुँदै जाने अध्यक्ष थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button