तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी अल स्टार नेपाल टी–ट्वान्टी लिगको प्लेअफमा प्रवेश

काठमाडौँ । लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।

आइतबार विराटनगर सुपर किंग्सलाई १२ रनले पराजित गर्दै लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो । टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १९.३ ओभरमा अलआउट भएर १ सय १० रन बनायो । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

सात खेल खेलेर छ जित हात पारेको लुम्बिनी ६ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । ६ खेल खेलेर दुई जित हात पारेको विराटनगर ४ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

अर्को खेलमा काठमाडौँ नाईट्सले जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ ।

टियु मैदानमा भएको खेलमा काठमाडौँले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा अलआउट भएर ९० रन मात्र बनायो । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

पाँच खेल खेलेर समान ३ जित तथा २ हार हात पारेर ६ अङ्कसहित काठमाडौँ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । हारका बाबजुद छ खेलमा चार जित निकालेको जनकपुर ६ खेलमा ८ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा कायमै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button