तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । 

बैठकले संसदीय दलको नेता र सचेतक चयन गर्नेछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले संसदीय दलको नेता पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button