तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजश्व कार्यालय भरतपुरको राजश्व असुली ५२ प्रतिशतले कमी 

चितवन । आन्तरिक राजश्व कार्यालय, भरतपुरको राजश्व असुली आधा भन्दा बढीले घटेको छ । आर्थिक बर्ष ०७९/८० को मङ्सिर महिनामा लक्ष्य भन्दा ५१ दशमलब ७९ प्रतिशतले घटेको हो । कार्यालयका अनुसार मङ्सिर महिनामा विभागले २ अर्ब ३३ करोड २२ लाख ७२ हजार लक्ष्य दिएकोमा १ अर्ब १२ करोड ४५ लाख ९ हजार रुपैंया असुली भएको छ । 

कार्यालयले यो महिनामा आयकर र बहाल शीर्षक बाहेक कुनै पनि शीर्षकमा लक्ष्य भेट्टाउन सकेको छैन । जसअनुसार मङ्सिर महिनामा विभागले आयकर शीर्षकमा ८ करोड ६८ लाख ७१ हजार रुपैंया लक्ष्य दिएकोमा १४ करोड ३३ लाख १२ रुपैंया असुली भएको छ । यस्तै बहाल कर शीर्षकमा २३ लाख ७२ हजार रुपैंया लक्ष्य दिएकोमा २४ लाख ८ हजार रुपैंया असुली भएको छ । अन्य शीर्षकमा भने लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयका अनुसार व्याजकर शीर्षकमा ४२ लाख रुपैंया लक्ष्य दिएकोमा १२ लाख ३६ हजार रुपैंया असुली,  मूल्य अभिवृद्धि करमा १४ करोड ३८ लाख १५ हजार रुपैंया असुली लक्ष्य दिएकोमा १० करोड ५८ लाख ७ हजार रुपैंया , अन्त शुल्क शीर्षकमा २ अर्ब ९ करोड ३५ लाख ८६ हजार लक्ष्य दिएकोमा ८७ करोड ५५ लाख ८३ हजार रुपैंया असुली, स्वास्थ्य सेवा कर शीर्षकमा १७ लाख २८ हजार रुपैंया असुली लक्ष्य दिएकोमा १३ लाख ८३ हजार रुपैंया असुली भएको छ । शिक्षा सेवा करमा भने विभागले कुनै पनि लक्ष्य दिएको छैन र असुली पनि भएको छैन । 

कार्यालयका सूचना अधिकृत विष्णु बहादुर राउतले बजारमा उपभोग्य बस्तुको माग नै कम भएकोले यसको प्रत्यक्ष असर राजश्व असुलीमा परेको बताउनु भयो  । ‘पछिल्लो समय समग्र आर्थिक गतिविधि सुस्त छ, माग कम हुँदा बिक्री कम भई कर असुली पनि कम भएको हो’ राउतले भन्नुभयो  । 

यो कार्यालय अन्य उत्पादन भन्दा मदिराजन्य बस्तुमा निर्भर भएकोले पनि यसको निकासी कम हुन गई समग्र लक्ष्य असुलीमा असर परेको उहाँको भनाई छ । ‘मङ्सिर महिनाभन्दा अघि चाडबाड र चुनावले मदिराजन्य लगायत बस्तुको बिक्री वितरण ठिकै थियो । तर यो महिना कम्पनीहरूले बुझाउने उहाँले भन्नुभयो , अहिले सरकारी कार्यालयको टेण्डर लगायतका काम पनि सुस्त छ  समग्रमा भन्नुपर्दा आर्थिक संकट नै राजश्व असुलीको कम हुनुको पहिलो कारण हो । 

कर असुली उत्पादित बस्तुको बिक्री वितरणमा भर पर्ने हुनाले हरेक महिनामा कर असुलीको अनुपात घटबढ भएपनि वार्षिक लक्ष्य असुली भेट्टाउन सकिने सम्भावना भएको उहाँले बताउनु भयो   ।

विभागले कार्यालयलाई यो आर्थिक वर्षका लागि २६ अर्ब २६ करोड ५९ लाख ७४ हजार रुपैंया राजश्व असुलीको लक्ष्य दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button