बर्दिबास उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्का विजयी
बर्दिबास । बर्दिबास उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विष्णुबहादुर खड्का विजयी हुनुभएको छ ।
कृष्णप्रसाद गौतमलाई १२१ मतान्तरले पराजित गर्दै अध्यक्षमा खड्का निर्वाचित हुनुभएको हो ।
अध्यक्षमा निर्वाचित खड्काले ७३४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गौतमले ६१३ मत प्राप्त गर्नुभयो ।
यस्तै सदस्यहरूमा सन्तोष कुमार श्रेष्ठ ९१४, दिपक कार्की ८५८, सन्तोष सिग्देल ८५६, उत्तम कुमार श्रेष्ठ ८५३, रञ्जितराज ढुङ्गाना ७५०, शैलेस दाहाल ७५६, गुञ्ज बहादुर कार्की ७३०, सुरज खड्का ७२७, चन्द्रबहादुर खड्का ७१७, उषा ढकाल ६९६, चौधरी महतो ६९५ र वेचु बल ६७५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
१ हजार ७६९ मतदाता रहेको बर्दिबास उद्योग वाणिज्य सङ्घको चुनावमा १ हजार ४७३ जनाले मतदान गरेका थिए ।
बर्दिबास उद्योग वाणिज्य सङ्घको पुस ५ गते निर्वाचन भएको थियो । झन्डै तीन कार्यकाल पश्चात् सङ्घको निर्वाचन भएको हो ।
बर्दिबास जिल्लाकै प्रमुख व्यापारिक केन्द्र तथा तराईलाई राजधानीसँग जोड्ने प्रमुख नाका भएकाले यहाँको उद्योग वाणिज्य सङ्घको निर्वाचनलाई बढो महत्त्वका साथ हेर्ने गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्