तपाईँ सुन्दै हुनुहुन्छः

सवारी अनुशासन कारबाहीबाट तीन लाख बढी राजस्व असुल

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट रु तीन लाख ५० हजार राजस्व उठाएको छ ।

विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मङ्सिर महिनाभरि नियम उल्लङ्घन गर्ने चार सय ५६ जनाबाट रु तीन लाख ४७ हजार उठाएको हो ।

file photo

उहाँका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका चार सय ५६ सवारी चालक कारबाहीमा परेका छन् । विभागले हरेक महिना आन्तरिक रूपमा पनि सवारी चालकले गर्ने नियम उल्लङ्घनका बारेमा अनुगमन गर्ने गरेको छ । यो विभागअन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारबाहीबाट उठेको राजस्व हो ।

विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लु बुक नबोकेको, सवारीसाधन मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button