तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकामा लगानी बढाउन अध्यक्ष तिमल्सिनाको आग्रह

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समाज रुपान्तरणका लागि बालबालिकामा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।

file photo

लु: निभा बाल सरोकार समूहको रजत जयन्ती समापन कार्यक्रममा अध्यक्ष तिमल्सिनाले आजका बालबालिका नै भोलि देशको भविष्य भएकाले उनीहरूको अधिकार संरक्षण र संवर्द्धनका लागि राज्य पूर्ण रुपमा जिम्मेवार भएको बताउनुभयो ।

कार्यक्रममा समाजसेवी राधिका शाक्य र वरिष्ठ हास्य कलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ, मानव अधिकारकर्मी गौरी प्रधान, ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मन्जली शाक्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजनप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

बाल क्लबबाट सुरु भएको सो संस्थाले बालबालिकाको हक, अधिकार संरक्षण र संवर्द्धनका लागि कार्य गर्दै आएको छ । जयन्तीका अवसरमा सांस्कृतिक नृत्य, बालगीत र अपाङ्गता भएका बालबालिकाको प्रस्तुतिसहितको कार्यक्रम गरिएको थियो । ललितपुरको खोकनाबाट शिक्षाको चेतना जगाउने अभिप्रायले गठन गरिएको सो समूह अहिले राष्ट्रिय स्तरमा स्थापित भइसकेको छ ।

जयन्तीका अवसरमा ललितपुरका महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिकासँगको सहकार्यमा आयोजित पालिका स्तरीय निबन्ध प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा सफल हुने विद्यार्थीहरू गोदावरी नगरपालिकाबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ क्रमशः कोन्ज्योसोमबाट अमृता श्रेष्ठ, स्वीकृति चौलागाईं, आशिष स्याङ्तान, विजय तामाङ तथा महाङ्काल गाउँपालिकाबाट सुजता तिमल्सिना, सुविध्या फुयाँल, यशोदा घिमिरे र सर्गम घिमिरे हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button