तपाईँ सुन्दै हुनुहुन्छः

महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध सुनुवाइ सुरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सुनुवाई सुरु भएको छ । 

कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा रहेको ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो । 

सर्वोच्च अदालतले कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको ५ सदस्यीय संवैधानिक इजलास गठन गरेका छ । 

सर्वोच्च अदालतमा हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने प्रावधान छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले जबरालाई दिएको निलम्बन फुकुवाको पत्र पठाएपछि त्यसविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्यसहितले बुधबार सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो । 

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश जबरा २०७८  फागुन १ गतेदेखि निलम्बनमा पर्नुभएको थियो । 

यही मङ्सिर २१ गते संघीय संसद्का महासचिव गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र दिनुभएको थियो । 

संघीय संसद्का महासचिव गौतमले फुकुवाको पत्र पठाएपछि सर्वोच्चको पूर्ण बैठकले महाअभियोग निष्प्रभावी हुने संवैधानिक र कानुनी आधार प्रष्ट्याउन भन्दै संसद् महासचिवसँग जवाफ मागेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button