तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा रोकिएको मतगणना कार्य पुनः शुरु

बाजुरा । बाजुरामा रोकिएको मतगणना कार्य पुनः शुरु गरिएको छ। 

हिमाली गाउँपालिका वडा नम्बर–६ स्थित धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा ४० मत बढी आएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो भने बुढीगंगा नरपालिका वडा नम्बर–३ मा मुचुल्कामा भएका मत भन्दा ९८ मत बढी देखिएपछि प्रदेशसभा निर्वाचन क्षेत्र ख को मतगणना स्थगित भएको थियो ।

मुचुल्का गरिएभन्दा बढी मत भेटिएपछि कांग्रेस एमाले प्रतिनिधि बिच विवाद हुँदा रोकिएको मतगणना अहिले सर्वदलीय बैठक बसी गणना  पुनः शुरु गर्ने सहमति गरिएको मुख्य निर्वाचन अधिकृत ढांकाराम पौडेलले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button