निःशुल्क आँखा शिविरमा ३ सय ५ जनाको आँखा परिक्षण
बारा । बाराको कलैया उपमहानगरपालिका २, दोहरिमा भएको निःशुल्क आँखा शिविर मा ३ सय ५ जनाको आँखा परिक्षण गरिएको छ ।

मनहर्वास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको संयोजनमा निःशुल्क आँखा शिविर भएको थियो । शिविर मा गरिएका आँखा परीक्षणमध्ये एक सय २४ जनामा मोतिया विन्दु देखिएको छ ।
मोतिया विन्दु देखिएका बिरामीको निजगढस्थित तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने संस्थाकी अध्यक्ष नयन कला खड्काले जानकारी दिनुभयो ।

शिविरमा नेत्र रोग विशेषज्ञ सुपेन्द्र ताम्राकार, दीपक सुवेदी लगायत आँखा प्रतिष्ठामा अध्ययनरत छात्राको प्राविधिक सहयोगमा आँखा परिक्षण गरिएको थियो । साना किसानले स्थानीय स्तरमा संयोजन गरेको शिविरको आयोजना निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल, हेटौडा सामुदायिक आँखा अस्पताल र तिलगंगा आँखा प्रतिष्ठानले गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्