तपाईँ सुन्दै हुनुहुन्छः

धादिङ–१ मा सत्ता गठबन्धनका पाण्डे विजयी

धादिङ I धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे विजयी हुनुभएको छ । उहाँले ३५ हजार नौ सय ३४ मत प्राप्त गर्नुभयो । 

पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार चार सय ७५ मत प्राप्त गर्नुभयो । दुई हजार छ सय ३३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

धादिङ क्षेत्र नम्बर १ मा एक लाख ३२ हजार तीन सय ५४ मतदाता रहेकामा ८० हजार छ सय १५ जनाले मतदान गरेका थिए ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button