तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर २ प्रदेशसभा (१)मा माओवादी केन्द्र विजयी

काठमाडौँ ।आइतबार सम्पन्न प्रनितिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर २ प्रदेश (१) मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कुमारी मोक्तान विजयी हुनुभएको छ । भर्खर सम्पन्न मत गणना अनुसार उहाँले १९ हजार आठ सय ७३ मत ल्याएर जित हात पार्नुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णुप्रसाद ढकालले १९ हजार पाँच सय ५१ मत प्राप्त गर्नुभएको छ ।

मोक्तानले तीन सय २२ मत बढी ल्याएर विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button