तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा ३ बाट एमाले उम्मेदवार राजकुमार गुप्ता निर्वाचित

काठमाडौं। पर्सा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का राजकुमार गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै गुप्ता विजयी हुनुभएको हो ।

२४ हजार २६० मत ल्याएर उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा सुरेन्द्रले २४ हजार १०९ मत प्राप्त गर्नुभयो । चौधरी गठबन्धनको साझा उम्मेदवार रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button