रूपन्देही २ मा मतगणना सुरु
रूपन्देही । रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ । बिहानदेखि मतगणना गर्ने भनिएकोमा सर्वदलीय बैठक लम्बिएकाले गणनामा केही ढिलाइ भएको हो ।
निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना सुरु भएको निर्वाचन अधिकृत उदविर नेपालीले जानकारी दिनुभयो । सुरुमा सरस्वती मावि बुटवल–१ र न्युलाइट मावि तिलोत्तमाको पाँचवटा मतपेटिका खोलिएको छ ।
रुपन्देही क्षेत्र नम्बर २ मा एमालेबाट पूर्वअर्थमन्त्री विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमुक्ति पार्टीका केशवबहादुर थापा (सूर्यवंशी) उम्मेदवार हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्