तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको त्रिवेणीमा गोली चल्दा एक जनाको मृत्यु, दर्जनौँ घाइते

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर–७ मा सुरक्षाकर्मीले हानेको गोली लाग्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ७ का अन्दाजी २८ वर्षीय सजीव अयडी रहेका छन्। घटनामा दर्जनौँ स्थानीय घाइते भएका छन् । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको छ । घाइतेको पहिचान भने हुन सकेको छैन ।

नेपाली कांग्रेस र एमाले कार्यकर्ताबिच बार-बार झडप भए पछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button