तपाईँ सुन्दै हुनुहुन्छः

मनाङमा ७० दशमलव ६७ प्रतिशत मत खस्यो

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ । 

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ चार हजार सात सय ९१ मत खसेको हो । “दिउँसो सवा तीन बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ”, उहाँले भन्नुभयो ।

कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button