तपाईँ सुन्दै हुनुहुन्छः

संविधानसभा अध्यक्ष नेम्बाङद्वारा मतदान

इलाम। संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देशमा आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन आवश्यक रहेको बताउनु भएको छ । आज बिहान आफूले मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेम्वाङले आवश्यक त्यो परिवर्तन अब निर्वाचित जनप्रतिनिधि र सरकारले गर्ने बताउनु भयो ।

नेपालको संविधान कार्यान्वयनमा रहेकाले अब कुनै पनि राजनीतिक परिवर्तनका लागि भने आन्दोलन गर्नुपर्ने नेम्वाङको भनाइ छ ।

इलाम क्षेत्र २ प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेम्बाङले आज इलाम नगरपालिका स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्र ‘ग’ मा बिहान ८ बजे मतदान गर्नुभएको थियो ।

सोही मतदान स्थलबाट नेकपा (एमाले) क्षेत्र नं १ का उम्मेदवार महेश बस्नेत र इलाम क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पनि मतदान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button