काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्छ : नेता कोइराला
विराटनगर। नेपाली कांगेसका नेता डा शेखर कोइरालाले निर्वाचन पछि राजनीतिक स्थायित्व सुशासन तथा लोकतन्त्रलाई सुद्धिढ वनाउनपनि निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।
आज बिहान विराटनगर–६ स्थित आदर्श माविको मतदानकेन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरागर्दै उहाँले जनतामा अहिले देखिएको नैरश्यता हटाउन पनि निर्वाचन पछि बन्ने सरकार जनता प्रति जिम्मेवार र पारदर्शी हुनुपर्ने बत्ताउनुभयो । दलहरू प्रति जनतामा नेरश्यता छाएकाले दलहरूले जनताको मन जित्न सक्नुपर्ने उहाँको भनाई थियो ।
दलहरू अझै पनि जिम्मेवार र जवाफदेखि नहुने हो भन्ने लोकतन्त्रमा माथि नै आघात पुग्न सक्ने उहाँको भनाई थियो । निर्वाचन पछि नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने उहाँको दाबी थियो ।
आफु संसदमा पुगेपछि मुलुकको राजनीतिक स्थायित्व तथा सुशासनका निम्ति सडकवाट होस वा मिडिया मार्फत होस आफु सर्घष गरिरहने उहाँको भनाई थियो ।







प्रतिक्रिया राख्नुहोस्