तपाईँ सुन्दै हुनुहुन्छः

पचरौता नगरपालिकाका नगर प्रमुखलाई आयोगले गर्‍यो २५ हजार जरिवाना 

बारा । निर्वाचन आयोगले बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धरसिंह जैसवारलाई कारबाही गरेको छ । 

पचरौता नगरपालिकाको नगर प्रमुख  जैसवारलाई २५ हजार जरिवाना गरेको हो  । 

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले उहाँलाई २५ हजार जरिवाना जरिवाना गरेको जनाएको छ । 

आयोगले पचरौता नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्च बाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखेर पठाएको छ । वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button