तपाईँ सुन्दै हुनुहुन्छः

देश बनाउने अभियानमा जुट्न एमाले अध्यक्ष ओलीको आग्रह

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभियानमा एकताबद्ध भएर जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।

कैलालीको लम्कीमा आज आयोजित चुनावी सभामा अध्यक्ष ओलीले एमाले बाहेक अन्य दलका कार्यकर्ताहरूलाई पनि देश बनाउने अभियानमा जुट्न आग्रह गर्नुभयो । 

आजै कैलालीको अत्तरीयामा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले पैसामा भोट नबेच्न मतदाताहरूलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भ्रष्टाचार गरेका व्यक्तिले चुनावमा पैसा बाँड्न सक्ने सम्भावना बढी रहेकाले भोट हाल्दा मतदाता सचेत हुनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button